राष्ट्रपति रनिङ शिल्ड रघुगंगा माविको कब्जामा

Gandaki Pardesh notice

पिप्ले, १० माघ । रघुगंगा माविले लगातार तेस्रो पटक पालिका स्तरीय खेलकुद प्रतियोगितामा जित हाँसिल गर्दै रनिङ शिल्ड कब्जा गरेको छ ।

रघुगंगा गाउँपालिकाको आयोजनामा पिप्लेमा मंगलबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य सहित २० पदक हात पार्दै बिजयी भएको हो । यसअगाडी पनि लगातार दुई वटा प्रतियोगिताको च्याम्पीयन भएको रघुगंगा माविले राष्ट्रपति रनिङ शिल्डलाई (पच) आफ्नो बनाएको छ ।

प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य गरि २२ पदक सहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानी तेस्रो भएका गाउँपाकिलाको शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रितुङ माविले २ स्वर्ण, २ रजत, अमर मावि चिमखोलाले एक स्वर्ण र एक कास्य, महेन्द्र मावि झिँले ३ रजत र ४ कास्य, कालिका मावि तिप्ल्याङले २ रजत र २ कास्य, ज्ञानोदय मावि मौवाफाँटले २ रजत र ७ कास्य, महादेव मावि बेगले १ रजत र १ कास्य, जनता माविले २ कास्य पदक जितेका छन् ।

प्रथमलाई रु. ५० हजार नगद सहित शिल्ड र ट्रफी प्रदान गरिएको छ । द्धितियलाई रु. ३० हजार र तितृयलाई रु. २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा ८० वटा पदकमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगिताको हरेक विधामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद रु. एक हजार, ७०० र ५०० रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण गर्दै प्रदेश सभा सदस्य गौचनले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गरेको बताउँदै विद्यार्थीहरुले अध्ययन संगै खेलकुदमा समेत अघि बढ्न सकेमा भविश्य उज्वल रहेकोमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ढकाल र वडा अध्यक्ष शाहीले प्रतियोगिताबाट पहिचान भएका उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा समेत सहभागीता गराउने बताउँदै खेल क्षेत्रमा समेत विद्यार्थीहरुले आफ्नो पहिचान बनाउन सक्नेमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...