मंगलाको काफलचौरमा जिप दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

Add Samajik bikash office

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

थाइवाङबाट बेनीतर्फ आउदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मंगला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

Shreekrishna hardwear in news

मंगला १ की १५ वर्षीया बबिना परियार उपचार पछि डिस्चार्ज भएकी छिन् । मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो सडकमा जिप पल्टीएर दुर्घटना भएको थियो । चालकलाई नियन्त्रणमा लिएर छानविन थालिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । मंगला गाउँपालिका र बाबियाचौरका राजु पाण्डेको गाडीमा घाइतेलाई बेनी अस्पताल ल्याइएको थियो । जनप्रतिनिधि, प्रहरी र स्थानीयबासीहरुले घाइतेको उद्दार गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...