लोक दोहोरी गित प्रतियोगितामा म्याग्दी बिजयी

Gandaki Ghumau

बेनी। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा बिजयी भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा सबै भन्दा बढी पुरस्कार राशी लोक दोहोरी गित थियो । बेनीको खुल्ला मञ्चमा शनिबार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालय र प्रतिष्ठानकाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिष्ठानले एक हजार ६४० र पुस्तकालयले एक हजार ६३९ अंक प्राप्त गरेको निर्णयक मण्डलका संयोजक कृष्ण जिसीले जानकारी दिनुभयो । श्रीकृष्ण हार्डवयर बेनी तेस्रो र बानियाँ गहना पसलको समुहले सान्त्वना स्थान हासिल गरेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना भएका समुहले क्रमश ः एकलाख एघार हजार १११, ५५ हजार ५५५, २५ हजार र १५ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १४ समुहले सहभागिता जनाएका थिए ।

समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, जिसस प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...