कोरला–त्रिवेणी सडकलाई प्राथमिकता –मुख्यमन्त्री अधिकारी

Gandaki Pardesh notice

बेनी, मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताएका छन् ।

बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चिनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।

‘चिनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ,’ उनले भने ‘कालीगण्डकी कोरीडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य बस्तुको अन्तराष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।’

Shreekrishna hardwear in news

प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिबिधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउदै मुख्यमन्त्री अधिकारीले धैर्य र शाहसतापुर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

Bhautik ministry notice about road

‘उद्योगी व्यवसायीहरुलाई अहिले गाहे परेको सरकारले महशुस गरेको छ,’ अधिकारीले भने ‘धैर्य गर्नुहोस, उद्योग व्यवसाय बन्द नगर्नुहोस । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस ।’ संघीय संसदले आवश्यक छिटो ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे ।

उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउदै उहाँले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन कानुन बनाउने प्रतिवद्धता जनाए । बेनी अस्पतालको निर्माणाधिन ५० शैया क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई जति सक्दो छिटो काम सक्न मञ्चबाटै आग्रह गरे ।

अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुल्ला मञ्च खेलमैदान निर्माण लगायतका योजनामा प्रदेश सरकारले साथ दिने घोषणा गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका धेरै योजनाहरु अधुरा, अलपत्र हुँदा नागरिकले सास्ती पाएको बताउदै भूगोल र आवश्यकतालाई आधार मानेर बजेट, योजना र कार्यक्रम बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनै तीनै तहका सरकारको सक्रीयता आवश्यक रहेको बताए । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सव मार्फत म्याग्दीको सम्भावनाको उजागर, कला र संस्कृतिको संरक्षण, आर्थिक गतिबिधिलाई चलायमान बनाउन र प्रतिभाको पहिचान गर्न सहयोग पुगेको बताए ।

पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको महोत्सवमा २६० स्थल थिए । महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो । स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुति भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...