बेनी–गलेश्वर सडक स्तरोन्नति शुरु

Gandaki Pardesh notice

बेनी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

२ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्ने जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

सम्झौता लगत्तै ठेकेदार कम्पनीले प्रारम्भिक चरणमा सडक विस्तारको काम थालेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुक्रबार सडकको शिलन्यास गर्नुभयो । निर्माण ब्यवसायीलाई तोकिएको समयमा सडक स्तरोन्नती गर्न निर्देशन गर्दै सडक निर्माणको क्रममा आउने समस्यालाई समाधान गर्नका लागि समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भ्याट÷ पिस सहित रु. १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का लिएको थियो । ७२० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पुस १७ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले समयभित्रै काम गर्ने योजनासहित शुक्रबार मजदुर, दूईवटा डोजर लगायतको मेशिन लिएर काम सुरु गरिएको बताउनुभयो । मेशिन र मजदुर लगायतको उपकरण थपेर काममा गति दिने योजना रहेको कार्कीले बताउनुभयो ।


सडक निर्माण कार्यमा बेनी नगरपालिका, प्रदेश सरकार, कालीगण्डकी कोरिडोर लगायतको साथ सहयोग पाए तोकिएको मिति भन्दा अगावै काम सम्पन्न गर्ने प्रतिवद्धता उहाँले जनाउनुभएको थियो । फराकिलो सडकसहित कल्र्भट, आरसीसी ढलान, नालासहित ग्राभेल र बेससहित आठ मिटर चौडाई कालोपत्रे गरिने छ ।
सडक स्तरोन्नतीमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरिक्षण र समन्वय गर्नेे बेनी–जोमसोम– कोरला सडकका योजना प्रमुख जगत प्रजापतिले भन्नुभयो ।
यस सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङबासी र घुम्न आउने पर्यटक सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी नदीको कटान र माथिबाट खहरेभेलले सडक जिर्ण र सागुरो बन्दै गएपछि जिल्लाका जनप्रतिनिधि र सराकोरवालाहरुले सडक स्तरोन्नतीका लागि पहल गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...