वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै

Add Samajik bikash office

बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो । बेनीमा शुक्रबार आयोजित कार्यक्रममा विभागका निर्देशक सागरमणी पाठकले वडा स्तरमा पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न घुम्ति टोली खटाउन लागिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ । सिमित ठाउँमा मात्र दर्ता हुँदा सेवाग्राहीले पालो कुर्नुेपर्ने र झञ्जट हुने गरेको छ । एक वटा वडामा दुई वटा स्टेशन बनाएर म्याग्दीमा ३० जना दर्ता अपरेटर खटिने निर्देशक पाठकले बताउनुभयो ।
हालसम्म नेपालका ४५ जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सकिएको छ । १६ वटा जिल्लामा अभियान सञ्चालन भइरहेको छ । एक वटा वडामा कम्तीमा १५ दिन घुम्ति टोली रहनेछन् ।

Shreekrishna hardwear in news

एक करोड सात लाख जना नागरिकको व्यक्तिगत र जैविक विवरण दर्ता भइसकेको निर्देशक पाठकले बताउनुभयो । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर घुम्ति टोली परिचालनको समयतालिका बनाइने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले राष्ट्रिय परिचयपत्र दर्ताका लागि टोल विभाजन गरेर नागरिकलाई स्टेशनमा बोलाउन जनप्रतिनिधि र वडा सचिवहरुलाई आग्रह गर्नुभयो ।

सरकाले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...