म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिका स्तरीय भलिवल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा रघुगंगा विजयी

Gandaki Pardesh notice

बेनी, बेनीमा शुक्रबार सम्पन्न पालिका स्तरीय भलिबल प्रतियोगिताको महिलामा अन्नपूर्ण र पुरुषमा रघुगंगा गाउँपालिका च्याम्पीयन भएका छन् ।

सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला भलिबल संघसँगको समन्वयमा आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ५ र पुरुषतर्फ ७ वटा पालिकाको ८ टिमले सहभागिता जनाएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महिला भलिबलमा अन्नपूर्णले धवलागिरीलाई सोझो ३ सेटमा पराजित गर्दै च्याम्पीयन बनेको हो । पहिलो, दोस्रो र तेस्रो सेट क्रमश ः २५–२२, २५–१७ र २५–१० को अन्तरमा अन्नपूर्णले जितेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताए ।

पुरुष भलिबलमा रघुगंगाले अन्नपूर्णलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पीयन बन्यो । २५–१९, २५–१३ र २५–१७ को अन्तरमा रघुगंगाले जित निकालेको हो । पुरुष भलिबलमा प्रथम र दृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ८८ हजार ८८८ र ५५ हजार ५५५ पुरस्कार जितेका छन् ।

महिला भलिवलमा पहिलो र दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित ५५ हजार ५५५ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार जितेका छन् । दुवै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई पनि नगद पुरस्कार प्रदान गरिने महोत्सवको खेलकुद संयोजक हिमाल श्रेष्ठले बताए । पुष २८ गते शुरु भएको महोत्सवको शनिबार हुने समापन समारोहमा पुरस्कार वितरण गरिने उनले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...