दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।
जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख ५० हजारको लागतमा मञ्च निर्माण गर्नुभएको हो । मञ्चको बिहिबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा जलजला गाँउपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आफ्नो समुदायको विद्यालयको विकासको लागी जिसि परिवारले गरेको सामाजिक कामको प्रशंसा गर्नुभएको थियो । ग्राम प्रकाश मा वि जिल्लाको पुरानो र नमुना बिधालय भएकाले यसको बिकासमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
यो क्षेत्र कृषिका लागी सम्भावना बोकेको क्षेत्र भएकोले आगामी दिनमा कृषि क्याम्पसको रुपमा स्थापित आफुले पहल गर्ने बताउनुभयो । मंच हस्तान्तरण कार्यक्रममा विद्यालयका अभिभावक, सामाजसेवीहरु राजैनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महोदत्त सुवेदीको अध्यक्षता, सहायक प्रधानध्यापक नारायण मल्लको स्वागत र प्रधानध्यापक भवानीशंकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...