म्याग्दी महोत्सवको महिला भलिबलको फाइनल धवलागिरी र अन्नपूर्ण

Gandaki Pardesh notice

बेनी, । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको फाइनलमा धवलागिरी र अन्नपूर्ण गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला भलिबल संघसँगको समन्वयमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगितामा ५ टिमको सहभागिता थियो । पहिलो चरणमा मालिका गाउँपालिकालाई पराजित गरेर धवलागिरी गाउँपालिकाले सिधै फाइनलमा पुग्ने अवसर पाएको हो ।

पहिलो चरणमा बेनी नगरपालिकासँग प्रतिस्पर्धा गरेको अन्नपूर्ण गाउँपालिकाले सेमिफाइनलमा मंगला गाउँपालिकालाई पराजित गरेर फाइनल पुगेको हो । पहिलो चरणको खेलमा मंगला वाई परेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धवलागिरीले मालिका गाउँपालिकालार्ई २५–१३, २०–२५, २५–१७, २५–१३ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मंगला गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले फाइनलको यात्रा तय गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाले बताउनुभयो ।

अन्नपूर्णले ३०–२८, २६–२४, २५–१५ को सेटमा मंगला गाउँपालिकालाई पराजित गरेको थियो । पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पनि अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिका प्रतिस्पर्धा हुने भएको छ ।

दुवै खेलको फाइनल शुक्रबार बिहान बेनीको खुल्ला मञ्च खेलमैदानमा हुने जिल्ला भलिबल संघका अध्यक्ष बानियाले बताउनुभयो । पुरुष भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ८८ हजार आठसय ८८ र दोस्रो हुने टिमले ५५ हजार पाँचसय ५५ रुपियाँ पुरस्कार पाउने छन् । त्यस्तै सेमीफाइनलबाट बाहिरिएका धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले १५÷१५ हजार रुपियाँ पुरस्कार पाउने छन् ।

महिला भलिबल प्रतियोगितातर्फ पहिलो हुनेले ५५ हजार पाँच सय ५५ रुपियाँ तथा दोस्रो हुनेले ३३ हजार तीनसय ३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको म्याग्दी महोत्सवका खेलकुद संयोजक हिमाल श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...