पोखराका समिर पुन बने चेम्बर लोक तारा

Sinchai Khanipani notice

बेनी । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित चेम्बर लोक तारा गायन प्रतियोगितामा पोखराका समिर पुन बिजयी हुनुभएको छ ।
बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनल प्रतिस्पर्धामा पर्वतका विजय परियार दृतीय हुनुभयो । बिजयी पुनले रु. २५ हजार र उपबिजेता परियारल रु. १५ हजार नगद सहित प्रमाणपत्र पाउनुभयो । मंगलबारदेखि शुरु भएको प्रतियोगितामा १८ जनाले सहभागिता जनाएका थिए । पहिलो चरणबाट ७ जना दोस्रो चरणमा छटौट भएका थिए ।
महोत्सवको मुख्य आकर्षण लोक दोहोरी प्रतियोगिताको बुधबारको प्रतिस्पर्धामा जुनतारा दोहोरी साँझ काठमाडौ, जुनेरी रोधीघर काठमाडौ र लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी बिजयी भएका छन् । जुनताराले लोक तथा दोहोरी गित प्रतिस्थान पर्वतलाई, जुनेलीले रघुगंगा गाउँपालिकालाई र लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले राष्ट्रिय संगितकर्मी संघ म्याग्दीलाई पराजित गरेका हुन् । लोक दोहोरी गित प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् ।

Bhautik ministry notice about road


मंगलबार लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतलाई पराजित गर्दै गंगा जिसी फाउण्डेशन र संगितकर्मी संघ म्याग्दीलाई पराजित गर्दै बानिया गहना पसलको टिम दोस्रो चरणमा प्रवेश गरेका थिए । लोक दोहोरीमा प्रथम र दृतीय हुनेलाई क्रमश रु. एक लाख ११ हजार १११ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
लोक गित र संस्कृति म्याग्दीको मौलिक सांस्कृतिक सम्पदा भएकाले नयाँ कलाकारको पहिचान र अग्रज कलाकारको प्रोत्साहनका लागि लोक दोहोरी गितलाई महत्व दिएको उहाँले बताउनुभयो ।
पुष २८ गतेदेखि शुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुदैछ् । महोत्सवको सातौ दिन मनोज गजुरेल, प्रिति आले, सज्जा चौलागाई, विकास विश्वकर्मा र पविता पुनको रह्यो । बिहिबार राजु परियार, कुलेन्द्र विश्वकर्मा, शिला आले, अमृता नेपाली, रविना भण्डारी, सन्जिवन सिंह राना र लालु परियारको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...