काँग्रेस म्याग्दीका ओम बोगटीको स्मृति

Gandaki Pardesh notice

रत्नेचौर । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २७ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।
बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा स्वर्गीय बोगटीले राजनीति बाहेक शिक्षा र सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बक्ताको भनाई थियो । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पूर्व सहसभापति नेत्र बहादुर महतले स्वर्गीय बोगटीको राजनीतिक सक्रियताको जगमा नेपाली कांग्रेस म्याग्दीले गति लिएको बताउनुभयो ।
उहाँले संस्थापक बोगटीलाई स्मृति दिवसमा मात्रै नभई हरेक पार्टीका कार्यक्रमहरुमा सम्झनुपर्ने र उहाँका आर्दशलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा ओम्बो ट्रस्टद्धारा भानु माविबाट एसइईमा प्रथम भएकी छात्रा बर्षा थापालाई नगद ५ हजार ५५५ रुपैयाँ र कदरपत्रले सम्मान गरिएको थियो ।
३ विपन्न परिवारलाई न्यानो ब्लाम्केट वितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीले बताउनुभयो । कार्यक्रममा पूर्व वडा सभापति मीनबहादुर खत्रीलाई नगद र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा स्वर्गीय ओमबहादुरकी धर्मपत्नी लिला बोगटी, नाति अभिषेक बोगटी सहितको उपस्थिती रहेको थियो । ओम्बो ट्रस्टद्धारा विगतमा समेत स्मृति दिवसका साथै विभिन्न कार्यक्रम गरी मनाउने गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...