पालिका स्तरीय पुरुष भलिबलको फाइनलमा रघुगंगा र अन्नपूर्ण

Gandaki Pardesh notice

बेनी । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् ।

रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित गर्दै रघुगंगा गाउँपालिका फाईनल प्रवेश गरेको थियो ।

Bhautik ministry notice about road

पहिलो सेटमा बेनपासँग २६–२४को अन्तरमा पराजित भएको रघुगंगाले, दोस्रो, तेस्रो र चौथो सेटमा २५–१९, २५–२३ र २५–२३ अन्तरमा पराजित गरेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा धवलागिरी गाउँपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गर्दै अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको हो ।

Shreekrishna hardwear in news

अन्नपूर्णले धवलागिरीलाई पहिलो, दोस्रो र पाँचौ सेट २५–१९, २५–१४ र १५–११ को अन्तरमा पराजित गरेको थियो । धवलागिरीले तेस्रो र चौथो सेट २६–२४ र २५–२१ को अन्तरमा जितेको थियो ।

सोमबारदेखि शुरु भएको पालिकास्तरीय भलिवलमा आठ टिमको सहभागिता रहेको थियो । भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...