जलजलाको १३ औ गाउँसभा सम्पन्न

Add Samajik bikash office

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ ।
सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ ।
अल्या बजेटबाट जिम्मेवारी सरेका र समपुरक कोषबाट विभिन्न योजना तथा कार्यक्रमका लागि रु. दुई करोड ४८ लाख बिनियोजन भएको छ । अधुरा योजनालाई पूर्णता दिन र सिर्जना भइसकेको दायित्वको भुक्तानीका लागि बजेट बिनियोजन गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।
असारको सभाले रु. ४९ करोड ६५ लाख २८ हजार बिनियोजन गरेको थियो । कर्मचारीको तलबमा रु. ९५ लाख, गाउँपालिकाको अस्थायी संरचना बनाउन रु. ३० लाख, २ र ८ नम्बर वडाको भवनलाई रु. ८० लाख, सडक मर्मतमा रु. २० लाख, झोलुङ्गे पुललाई रु. १३ लाख, मल्लाजमा निर्माणाधिन अस्पतालको जग्गा खरिद गर्न रु. १८ लाख, शान्ति आधारभूत शालीजाको जग्गा खरिदमा रु. ४ लाख, विद्याज्योती माविको भवनलाई रु. छ लाख पचास हजार बिनियोजन भएको छ ।
यसैगरी गाउँसभा सदस्य टकबहादुर पुनको संयोजकत्वमा खिमबहादुर खत्री र बिष्णु पुन सदस्य रहेको लेखा समिति गठन भएको छ । वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ ।


समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न रु. तीस लाख बिनियोजन भएको छ । घर, टहरा र खेतीयोग्य जमिनमा असर गर्ने साँध सिमानाको अनावश्यक रुख हटाउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
संघीय सरकारसँगको साझेदारीमा छ वटा वडा कार्यालयको भवन निर्माण थालिएको, बेनी–भुरतुला सडक ढलान भैरहेको, विद्यालयमा उपलब्धी मापनका लागि परीक्षा सञ्चालन गरेको, घुम्ति शिविरबाट वडामै सेवा दिएको अध्यक्ष आचार्यले बताउनुभयो । गत असारको गाउँसभाले बिनियोजन गरेको रु. ४८ करोड बजेट रु. २० करोड ६५ लाख २६ हजार ६५३ आम्दानी र रु. १६ करोड १८ लाख ४२ हजार ९७२ अथवा ३२.५९ प्रतिशत बजेट खर्च भएको छ । छ महिनामा रु. ६६ लाख ५२ हजार ७१ आन्तरिक आम्दानी भएको छ । विभिन्न ११ वटा कार्यविधि र मापदण्ड पारित भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


गत पुष २९ गते गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको थियो । बुधबारको सभामा भने अधिकांश सदस्यहरु सहभागि भएका थिए । छलफलमा सहभागी हुदै गाउँसभा सदस्य टकबहादुर पुनले कार्यपालिका अन्तरगतको विषयगत समितिलाई सक्रीय बनाउनुपर्ने बताउनुभयो ।
भिमसेन बराइलीले पुँजिगत खर्च अपेक्षाकृत नभएकोमा असन्तुष्टि जनाउनुभयो । क्षेत्रबहादुर पुनले वडा कार्यालय भवन निर्माणको जिम्मा लिएका ठेकेदारले दोस्रो तेस्रो व्यक्तिलाई ठेक्का बेचेको भन्दा गुणस्तर र मापदण्ड अनुसार भवन बनाउनुपर्ने बताउनुभयो ।


लकबहादुर पुर्जाले विकृति र सामाजिक समस्याका रुपमा देखिएको मेलाजात्रालाई नियम गर्न आवश्यक देखिएको बताउनुभयो । सदस्य बिष्णु सार्कीले गाउँसभा र पालिकाका कार्यक्रम समयमै शुरु र सम्पन्न गराउन ध्यानाकर्षण गराउनुभयो ।
सदस्यहरुले गरेको प्रश्न र जिज्ञाशाको उत्तर दिदै अध्यक्ष आचार्यले बर्खा र चुनावका कारण आर्थिक वर्षको पहिलो छ महिनामा काम हुन नसकेको र अब तिब्रताका साथ योजना तथा कार्यक्रम कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...