म्याग्दी महोत्सवमा लोकदोहोरी र चेम्बर लोक तारा प्रतियोगिता शुरु

Gandaki Pardesh notice

बेनी । सातौँ म्याग्दी महोत्सवका अवसरमा मंगलबारदेखि बेनीमा खुल्ला लोकदोहोरी र चेम्बर लोक तारा गायन प्रतियोगिता शुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवको मुख्य आकर्षण लोक दोहोरी गित प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतलाई पराजित गर्दै गंगा जिसी फाउण्डेशन र संगितकर्मी संघ म्याग्दीलाई पराजित गर्दै बानिया गहना पसलको टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाको विषयलाई दोहोरीमा प्रस्तुत गरिएको थियो ।
लोक दोहोरीमा प्रथम र दृतीय हुनेलाई क्रमश रु. एक लाख ११ हजार १११ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । १८ जना सहभागित चेम्बर लोक तारा गायन प्रतियोगितामा पहिलो चरणको प्रतिस्पर्धामा ७ जना छनौट भएका छन् ।
म्याग्दी संगितकर्मी संघ संगको समन्वयमा गायन प्रतियोगिता भएको हो । प्रकाश सुनार, राजकुमार परियार, विजय परियार, दुर्गा रोका, शान्ता सुनार, समिर पुन, निश्चल गुरुङ र महेन्द्र सापकोटा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
चेम्बर लोकतारा गायन प्रतियोगितामा प्रथमलाई रु. २५ हजार र दृतीयलाई रु. १५ हजार पुरस्कार प्रदान गरिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । लोक गित र संस्कृति म्याग्दीको मौलिक सांस्कृतिक सम्पदा भएकाले नयाँ कलाकारको पहिचान र अग्रज कलाकारको प्रोत्साहनका लागि लोक दोहोरी गितलाई महत्व दिएको उहाँले बताउनुभयो ।
पुष २८ गतेदेखि शुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुदैछ् । महोत्वको छैटो दिन मंगलबार लोक गायक बद्रि पंगेनी, गायीका पूर्णकला विसी, संगितकार दिपक शर्मा, कलाकार सरिष्मा राम्जालीको प्रस्तुति रह्यो ।

Bhautik ministry notice about road


बेनीको खुल्ला मञ्च दर्शकले भरिभराउ भएको थियो । साँझको समयमा दर्शकको भिड हुने गरेको छ । यसअघिका दिनभन्दा मंगलबार दर्शकको संख्या धेरै देखिएको थियो । कलाकारको प्रस्तुतिसँगै दर्शकहरुले नाचेर मनोरञ्जन लिएका थिए । बुधबार हाँस्य कलाकार मनोज गजुरेल, प्रिति आले, सज्जा चौलागाई, विकास विश्वकर्मा र पविता पुनको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...