पर्वतबेनीबाट हराएको गाडी १६ दिनपछि भेटियो

Add Samajik bikash office

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट हराएको जिप १६ दिनपछि पोखरामा भेटिएको छ ।
पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप सोमबार साँझ पोखराको लेकसाइडमा भेटिएको हो ।
प्रदेशसभा सदस्य हरीबहादुर भण्डारीले बेनीबाट हराएको जस्तै जिप बाटोमा रोकेर राखेको देखेपछि सम्बन्धीत सवारी धनीलाई जानकारी र स्थानीयबासीलाई सोधपुछ गर्नुभएको थियो । स्थानीयबासीले करिब एक सातादेखि जिप सडक छेउमा रहेका र कसले राख्यो भन्ने जानकारी नभएको बताएका थिए ।
हराएको जिप भएको पुष्टि भएपछि प्रदेशसभा सदस्य भण्डारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराउनुभएको थियो । सो जिप पूर्ण कार्कीले चलाउदै आउनुभएको थियो । पार्किङ गरेर, चाबी लगाएर बन्द गरी राखेको जिप बिहान उठ्दा नभेटिएपछि तत्कालै प्रहरीमा खबर गर्नुभएको थियो ।
खोज्ने क्रममा डिमुवा प्रहरी चौकीको सिसिटिभी फुटेजमा हराएको गाडी कास्कीतर्फ लगिएको भेटिएको थियो । म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको नाममा रहेको सो गाडी कार्कीले चलाउदै आउनुभएको थियो । गाडीको ढोका, इन्जिन र टंकीको लक मिलाएर चोरी गर्नेको पहिचान र कारबाहीको माग गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...