पुरुष भलिबलको सेमी फाइनलको समिकरण पुरा

Gandaki Pardesh notice

बेनी । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा सञ्चालित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ ।
सोमबार र मंगलबार बेनीको खुल्ला मञ्चमा भएको प्रतिस्पर्धाबाट बेनी नगरपालिकाको रातो, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका सेमीफाइनल प्रवेश गरेका हुन् । मंगलबार भएको खेलमा मंगला गाउँपालिकालाई पराजित गर्दै रघुगंगा र जलजला गाउँपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिका सेमिफाइनल प्रवेश गरेका हुन् ।
सोमबार भएको प्रतिस्पर्धामो बेनी नगरपालिकाको रातोले मालिका र धवलागिरी गाउँपालिकाले बेनी नगरपालिकाको अर्को टिमलाई पराजित गरेका थिए । ७ वटा पालिकाका ८ टिमले सहभागिता जनाएका थिए ।
माघ ४ गते बिहान ९ बजे बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो सेमिफाइनल धवलागिरी र अन्नपूर्ण गाउँपालिकाबिच हुने जिल्ला भलिवल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...