पुख्यौली नृत्य प्रतियोगितामा काफलडाडाका कलाकार बिजयी

Gandaki Pardesh notice

बेनी, । बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् ।
चार समूहले सहभागीता जनाएको मौलिक पुख्यौली नृत्य प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो भएका छन् । सोमबार भएको प्रतियोगितामा प्रथम र दृतीय हुनेले क्रमश नगद रु. २५ हजार र १५ हजार पुरस्कार पाएका छन् ।
मगर, छन्त्याल समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्यौलीकोे संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । मगर सघं रघुगंगा र क्षेत्री समाज पनि सहभागि भएका थिए ।
मगर र छन्त्याल समुदायले जन्म, मृत्यु, बिवाह, किरीयाका साथै विभिन्न समारोह र चाडपर्वमा छन्त्याल समुदायले पुरख्यौली नाच देखाउने गर्छन् । पुरुषले महिलाको पोशाकमा सजिएर मादल बजाउदै नाच्दछन् । पुरख्यौली नाचका क्रममा छन्त्याल भाषामा सोरठी गित गाउँछन् ।

Bhautik ministry notice about road

पुष २८ गतेदेखि शुरु भएको महोत्सवमा सोमबार कलाकार खड्ग गर्बुजाको प्रस्तुति विशेष आकर्षणको रुपमा रह्यो । म्याग्दी मराङ घर भएका कलाकार गर्बुजाले सालैजो, शिरफुले लगायत भाकामा बियोगान्त र रमाइला गित सुनाउनुभयो । गर्बुजाको स्वरले दर्शकलाई भाबुक मात्र बनाएन नचायो पनि ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...