म्याग्दी महोत्सवको छेलो प्रतियोगितामा मल्लाजका इन्द्र बरुवाल विजयी

Gandaki Pardesh notice

बेनी । बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सवको अवसरमा आयोजित छेलो फाल्ने प्रतियोगितामा मल्लाजका इन्द्र बरुवाल बिजयी हुनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगितामा जलजला गाउँपालिका–३ मल्लाजका ५३ वर्षीय बरुवाल बिजयी हुनुभएको हो । १८ जना सहभागी प्रतियोगितामा भारतीय सेनाका सेवा निवृत सैनिक बरुवालले सबैभन्दा टाढा छेलो फाल्नुभएको थियो ।
बरुवालले १३ मिटर २० सेन्टिमिटर टाढा छेलो फाल्नुएको थियो । विजयी बरुवाललाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले नगद तीन हजार रुपैया सहित फेता लगाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
बरुवालले २७ बर्ष अघि २०५२ सालमा पनि छेलो प्रतियोगितामा विजयी हुनुभएको थियो । महोत्सवमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनी, लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता, पालिकास्तरको भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्यौली नाच प्रतियोगिता, रत्यौली, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम भईरहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...