पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको स्मृतिमा बेनीमा शोकसभा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । पोखरामा भएको जहाज दुर्घटनामा दिवंगत भएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको स्मृतिमा सोमबार बेनीमा शोकसभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका पौडेल र शाही लगायत मृतकहरुको स्मृतिमा शोकसभा गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

काठमाडौंबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको नाइनएन एएनसी एटिआर–७२ विमान पोखरा अन्तराष्ट्रिय विमानस्थल नजीक अवतरणको प्रक्रियामा अचानक सेतीको खोँचमा खसेर दुर्घटना पत्रकार महासंघका केन्द्रिय सदस्य पौडेल र शाही लगायत ७२ जनाको निधन भएको थियो ।

Shreekrishna

सभामा सहभागी पत्रकारहरुले स्वर्गीय पौडेलको तस्विरमा पुष्पगुच्छा अर्पण र शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । दिवंगतको आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।

पौडेलको स्मृतिमा शाखाको बेनी स्थित कार्यालयमा १३ दिनसम्मका लागि शोकपुस्तिका राखिएको छ । पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका पदाधीकारी, सदस्य, सल्लाहकार र विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...