योग दिबस मनाइयो

Gandaki Pardesh notice

बेनी । बेनीमा आइतबार आठौ राष्ट्रिय योग दिबस मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्रको समन्वयमा दिवस मनाइएको हो । दिवसको अवसरमा बेनी बजारमा प्रभातफेरी र आयुर्वेद स्वास्थ्य केन्द्रमा औपचारिक कार्यक्रम आयोजना भएको थियो । प्रभातफेरीमा सहभागिहरुले संगमचोकमा योग अभ्यासको नमुना प्रर्दशन गर्नुभएको थियो ।

दिवसको नारा “स्वस्थ्य जिवनको चाहना ः योग शिक्षा र साधना” भन्ने रहेको छ । मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने कार्यक्रमका सहभागिको भनाई थियो । नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ । पछिल्लो समय योगप्रतिको सकारात्मक बुझाई र आकर्षणसँगै राज्यले पनि योगलाई प्राथमिकता दिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

योगको प्रर्वद्धन गर्न सकेमा अस्वस्थकर खानपान र ब्यवहारका कारण हुने नसर्ने रोगको समस्या न्युनीकरण गर्न सकिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक सन्देश अधिकारीले बताउनुभयो ।

योग प्रशिक्षक तथा नबिन आनन्द योग केन्द्रका सुरेन्द्रराज शर्माले बेनीमा योगप्रति आकर्षण भएपनि सामुहिक योग प्रशिक्षण सञ्चालन गर्ने ठाउँको अभाव भएको बताउनुभयो । योग भवन निर्माणका लागि जग्गा खरिद गरिएको र आर्थिक स्रोत जुटाउन चन्दा संकलन अभियान चलाइएको बताउनुभयो ।

जिल्ला आयुर्वेद केन्द्रका निमित्त प्रमुख दामोदर शर्माको संयोजकत्व र कविराज निरिक्षक प्रेम गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...