ब्याडमिन्टन प्रतियोगितामा सन्दीप र आदित्यको जोडी बिजयी

Add Samajik bikash office

बेनी, । बेनीमा जारी सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा शनिबार जिल्ला स्तरीय खुल्ला बि–डिभिजन ब्याडमिन्टन प्रतियोगिता भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगितामा २२ जोडीको सहभागिता थियो । प्रतियोगितामा सन्दिप अधिकारी र आदित्य वि.क.को जोडी प्रथम भएका छन् ।

भरत थापा र रामचन्द्र खत्रीको जोडी दृतीय भएका छन् । सज्जन शाक्य र प्रवेश मगर तथा सुरेन्द्र हमाल र हिमालय कार्कीको जोडी तेस्रो भए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रथम, दृतीय र तृतीय हुनेले क्रमश रु. बीस हजार, दश हजार र पाँच÷पाँच हजार सय पाएका छन् । उत्कृष्ट खेलाडीको उपाधी पाएका प्रवेश मगरले रु. पाँच हजार नगद पुरस्कार पाए ।

जिल्ला खेलकुद विकास समितिको कालीपुल स्थित कवर्डहलमा भएको प्रतियोगिताको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्घाटन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...