बेनीको नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिकाको बाहै नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ ।
बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप भएको शशर्त अनुदान र कार्यपालिका बैठकबाट बिनियोजन गरिएको रु. पाँच करोड सात लाख ८६ हजार १४३ समावेश गरि रु. ७८ करोड २९ लाख ८६ हजार १४३को बजेट प्रस्ताव गर्नुभएको थियो ।
चालु तर्फ रु. ४९ करोड २७ लाख ९८ हजार र पुजिगत तर्फ रु. २९ करोड १ लाख ८८ हजार १४३ प्रस्तावित बजेट पारित भएको हो । सभाले सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कुमार कर्माचार्यले जानकारी गराउनुभएको निर्णय र न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ ।


उपप्रमुख लामिछानेले ५६ वटा योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा थप रु. दुइृ करोड ६४ लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । १२ वटा योजनाको शिर्षक संसोधन भएको छ । नगर प्रमुख सुरत केसीले अधुरा आयोजनालाई पूर्णता दिन र माग भएका अतिआवश्यक योजनाहरुलाई सम्बोधन गरिएको बताउनुभयो ।
यसअघिको सभाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च शिर्षकमा बिनियोजन गरेको रु. एक करोड १२ लाख बजेट कटौति भएको छ । सो शिर्षकमा रु. १३ करोड बिनियोजन भएकोमा नगरसभाले रु. १२ करोड एक लाख कायम गरेको हो ।
सो शिर्षकको चालु खर्च उपशिर्षकमा रु. दश करोड पाँच लाख बीस हजार बिनियोजन भएकोमा बढाएर रु. ११ करोड १८ लाख पु¥याइएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च शिर्षकको उपशिर्षक २ मा पुजिँगत तर्फ रु. ७८ लाख बिनियोजन भएकोमा रु. पाँच लाख थपेर ८३ लाख पु¥याइएको छ ।

Shreekrishna hardwear in news


थप भएका कार्यक्रमहरु मध्य १ नम्बर वडाको भवनमा सभाहल बनाउन रु. दश लाख, बेनी भकुण्डे वडा कार्यालय विस्तारका लागि रु. दश लाख, हाडेभिर बगरफाँट सडक विस्तार रु. १५ लाख, भकिम्ली स्वास्थ्य चौकी भवन निर्माण रु. दश लाख रहेका छन् ।
तातोपानी तल्लो बजार सडक मर्मतका लागि रु. दश लाख, आवाचोकमा स्तम्भ र पार्क निर्माणमा रु. १२ लाख पचास हजार, बेनी बजार व्यवस्थापनलाई रु. दश लाख, पात्लेखेतको बगालेखोला सडक स्तरोन्नतिमा रु. दश लाख, दिवंगत वडा सदस्य कृष्ण कार्कीको स्मृतिमा अर्जुन माविमा सरस्वती मन्दिर बनाउन रु. पाँच लाख, द्धन्द्धकालको पोल संरक्षण र विकासमा रु. पाँच लाख र निजी आवास पुननिर्माणमा रु. सात लाख बिनियोजन भएको छ ।

Bhautik ministry notice about road


११ नगरसभाबाट पारित भएका ३५० योजना मध्य हालसम्म २२ वटा योजना सम्पन्न र ७५ वटाको सम्झौता भएको नगर उपप्रमुख लामिछानेले जानकारी गराउनुभएको थियो । चालुतर्फ बिनियोजन भएको मध्ये हालसम्म ३९.५४ प्रतिशत अथवा रु. १९ करोड १८ लाख १४ हजार २८ खर्च भएको छ । पुजिगततर्फ ७.६८ प्रतिशत अथवा रु. दुई करोड तीन लाख ३ हजार ९७९ खर्च भएको छ ।
आन्तरिक आयतर्फ रु. चार करोड ३३ लाख २३ हजार अनुमान गरिएकोमा हालसम्म ४४.०२ प्रतिशत अथवा रु. एक करोड ९० लाख ६९ हजार ६०० संकलन भएको नगरसभामा जानकारी गराइएको थियो । न्यायिक समितिका सदस्य जिसीले अघिल्लो आर्थिक वर्षको ९ वटा र यस वर्ष १८ वटा उजुरी दर्ता भएकोमा १९ वटा फस्यौट र ५ वटा प्रक्रीयामा रहेका जानकारी दिनुभयो ।
राजस्व बक्यौता असुल उपर गर्न तथा आन्तरिक आय बढाउन करको दरलाई यथावत राखी दायरा बृद्धी गर्न पहल गरिएको भाडा निर्धारण तथा राजस्व वक्यौता असुल उपर समितिका संयोजक कर्माचार्यले जानकारी दिनुभयो ।


नगरसभा सदस्य रमेशकुमार श्रेष्ठ, रमेश पुन, सन्दिप खत्री, गणेश सुवेदी, चन्द्रकान्त रिजाल लगायतले छलफलमा भाग लिनुभएको थियो । नगरप्रमुख केसीले बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जुट्न नगरसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।


नगरसभाको अवसरमा सात जना कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई सम्मान सहित पुरस्कृत गरिएको छ । सबै जनालाई नगद रु. पाँच हजार, प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सूचना प्रविधि अधिकृत खिमबहादुर क्षेत्री, सब इञ्जिनियर कमल थापा मगर, सिनियर अहेब हरिलाल अधिकारी, वडा सचिव प्रकाश आचार्य, चन्द्रोदय आधारभूत विद्यालय भकिम्लीका शिक्षक शान्ता कुमारी राना, बाल मन्दिर आधारभूतका प्रअ सुरेन्द्र केसी र कार्यालय सहयोगी चक्रबहादुर बानियालाई पुरस्कृत गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...