मिलनचोक\मोहनचोक कप माघ ८ देखि

Add Samajik bikash office

मिलनचोक, । जलजला गाउँपालिका ४ मोहनचोकमा माघ ८ गतेदेखि मिलनचोक÷मोहनचोक कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

मिलनचोक युवा क्लवले आयोजना गरेको प्रतियोगिताको तयारी तिब्र पारिएको हो । माघ १३ गतेसम्म फाइभ ए साइड फुटबल, प्रौढ भलिबल लगायत खेल प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक रामकुमार पौडेल (आर.के)ले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रतियोगितामा बिजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार ५५५ र रु. ३० हजार ३३३ पुरस्कार पाउने भएका छन् । प्रौढ भलिबल प्रत्योगितामा बिजेता टिमले खसी र प्रमाणपत्र उपबिजेता टिमले २ वटा भाले र प्रमाणपत्र पुरस्कार पाउनेछ्न ।

Shreekrishna hardwear in news

कार्यक्रम रोचक खेलहरु महिला पेनल्टि सुटआउट प्रत्योगिता, भाले छुने प्रतियोगिता, महिला चम्चा दौड प्रत्योगिता, महिला पुरुष लठो तान्ने प्रयोगिता आयोजना गरि आकर्षक पुरस्कारको व्यवस्था गरेको पौडेलले बताउनु भयो ।

खेलकुदको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता खेलाडीको परिचय आत्मियता, स्वस्थको लागि पनि खेल खेल्नुपर्छ र खेलमार्फत नै समाज राष्ट्रलाई चिनाउनको लागि कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो । टिम दर्ता आगामी माघ ७ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...