बेनीमा हनुमान नाच प्रर्दशन

Gandaki Pardesh notice

बेनी, २८ पुष । बेनीमा दुई दशकपछि नेवार समुदायको मौलिक हनुमान नाच प्रर्दशन गरिएको छ ।

उद्योग वाणिज्य संघको मुल आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा ऐतिहाँसिक हनुमान नाच प्रर्दशन गरिएको हो ।

करिब एक महिनाको तयारी गरेर हनुमान नाच प्रर्दशन गरिएको नेपाल भाषा मंका खलका पुर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । कला, संस्कृति र भेषभुजाको जगेर्नाका साथै म्याग्दीको ऐतिहाँसिक पहिचान जोगाउन प्रर्दशन गरिएको हनुमान नाच महोत्सवको उद्घाटन समारोहमा विशेष आकर्षण बनेको थियो ।

Shreekrishna hardwear in news

बेनीमा यसअघि वि.स. २०५७ र २०६४ मा भएको नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनमा हनुमान नाचको झाँकी मात्र देखाइएको थियो । बेनी पुस्तकालय र बेनी माई भगवति मन्दिर पुनःनिर्माणका लागि आयस्रोत जुटाउन हनुमान नाच देखाइएको थियो । धेरै जनशक्ति आवश्यक पर्ने यो नाचका लागि तयारी गर्नका लागि समय लाग्ने भएकाले नियमित देखाउन सकिएको थिएन् ।

Bhautik ministry notice about road

यो नाचमा ११ जोडी पुरुषहरुले हनुमानको स्वरुपमा प्रस्तुत हुने गर्दछन् । रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा पहिरिने उनिहरुको दुवै हातमा दुई फिट जति लामो लठ्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चाप हुन्छन् । कपडा (रिवन)का आकर्षक र रंङ्गिन मालाले सजिएका उनिहरु ढाडमा पुच्छर ठड्याउने गर्छन् ।

करिब पाँच फिट लामो सिमलिको लठ्ठीलाई बङ्गाएर कपडाका झुम्राहरुले आकर्षक बनाइएको हुन्छ । नाचको हरेक तालको आरम्भमा ज्या माको जोडीबाट अभिनय शुरु गरिन्छ । त्यसपछि हनुमानहरु नचमा सहभागि हुन्छन् । सलामीको तालबाट शुरु हुने नाचमा कलाकारले ठाँउ साटेर अघि पछि गर्दछन् ।

६ ताल, ८ ताल, १२ ताल, २२ ताल र २४ तालमा हनुमानहरु हतमा भएका डण्डीहरु सँगै ठोक्काएर आमने सामने हुदै घुमेर नाच्दछन् । नृत्यको ताल सकिएपछि ५ तालमा हिटाउदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।

नेपाल एकिकरणका क्रममा पृथ्वीनारायण शाहको भाउगाउँ विजयपछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका हनुमान नाच सम्बन्धी अध्यता अजयमिलन श्रेष्ठले बताउनुभयो । बागलुङबाट वि.स. २०२० को दशकमा बेनीमा हनुमान भित्रिएको उहाँले बताउनुभयो ।

हनुमान नाचमा १३ वर्षीय अप्रिम श्रेष्ठ देखि ५८ वर्षीय सरोज श्रेष्ठले अभिनय गर्नुभएको थियो । बेनीमा तीन सय वर्षअघि देखि बसोबास गर्दै आएका नेवार समुदायले हरेक बर्ष देखाउने बर्खे नाच अन्तरगत लाखे, रोपाइ, नागानागिनी, जोगी, घोडा र ठेट्टर नाच देखाउने गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...