म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति सरोकारवालाको असन्तुष्टि

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृति विकासको बाधक बनेको बताउनुभएको छ ।

बेनीमा बिहिबारदेखि शुरु भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको सम्बृद्धिको चाहना पुरा गर्न कानुन संसोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताउनुभयो ।

“बजेट नभएर भन्दा पनि ठेक्का लिएका व्यवसायीले जिम्मेवार भएर काम नगर्दा धेरै योजनाहरु अलपत्र बनेका पाइएको छ,” उहाँले भन्नुभयो “ठेक्का लिएकाले काम नगर्ने, त्यसलाई हटाउन खोज्दा अदालत गएर अल्झाउने र अलपत्र बनाउने समस्या प्रवृतिको अन्त्य गर्न कानुन संसोधनमा पहल गरेका छौ ।”

Shreekrishna

चिनको सिमाना कोरला नाका जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थलगत निरिक्षण गरि ढिलासुस्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । वि.स. २०७३ देखि शुरु भएको २०० किलोमिटर सडक कालोपत्रे गर्ने योजना वि.स. २०७६ मा सकिनुपर्नेमा अझै पुरा भएको छैन् ।

दुई हप्ताअघि सो सडकको निरिक्षण गरेर फर्कनुभएका तिमिल्सिनाले भन्सार लगायतका पूर्वाधार र सडक निर्माणलाई पूर्णता दिएर कोरला नाका सञ्चालनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएको बताउनुभयो ।

“कोरला नाका सञ्चालन गर्न सकेमा कालीगण्डकी कोरीडोर चिन, नेपाल र भारतको त्रिदेशीय व्यापारिक मार्ग बन्ने सम्भावना छ,” उहाँले भन्नुभयो “प्राकृतिक स्रोत साधनको परिचालन गरेर सम्बृद्धि हासिल गर्न नीतिगत सुधारको लागि हामी प्रतिवद्ध छौ ।”

म्याग्दी, रघुगंगा कोरिडोरमा सडक पूर्वाधार, जडिवुटी, कृषि र पर्यटन मार्फत म्याग्दीलाई सम्बृद्ध बनाउन सकिने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले बेनी देखि पर्वतको बगरफाँट जोड्ने पक्कि मोटरेबल पुल निर्माण नहुँदासम्मका लागि कालीगण्डकीमा बेलिब्रिज बनाउन ठेक्का प्रक्रीया अघि बढेको जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

म्याग्दी र पर्वतका जोखिमयुक्त तटीय बस्तीमा नदी नियन्त्रण योजनालाई प्राथमिकता दिएको बताउदै जलविद्युत आयोजनालाई सहज हिसाबले निर्माण गर्ने वातावरण बनाउन सकेमा अबको केही बर्षमा म्याग्दीले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रमा फड्को मार्ने तिमिल्सिनाले बताउनुभयो ।

“विकास र सम्बृद्धिको मुद्दालाई सफल पार्न शुसासन, पारदर्शीता, न्याय र भ्रष्ट्राचार रहित समाज प्रमुख शर्त हुन्,” उहाँले भन्नुभयो “यसका लागि राजनीतिक, प्रशासनिक, निजी क्षेत्र र समाजका हरेक नागरिक परिवर्तन हुन जरुरी छ ।”

कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानिया, प्रदेशसभा सदस्य बिमला गौचनले म्याग्दीको सम्भावना उजागर, प्रतिभा पहिचान र लगानी भित्र्याउन महोत्सव सहयोगी बन्ने विश्वास गर्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा लगानी भित्र्याउन निजी क्षेत्रलाई आव्हान गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र गण्डकी प्रदेश अध्यक्ष सञ्जिव कोइरालाले लगानी र सुरक्षित वातावरण बनाउन आग्रह गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत वत्ताहरुले म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिका विषयमा राष्ट्रिय सभाका अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिकुल कानुनका कारण बन्द भएका म्याग्दीका खानी सञ्चालनको वातावरण बनाउन आग्रह गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले महोत्सवलाई म्याग्दीको साझा बनाइएको र यसलाई सफल बनाउन आव्हान गर्नुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख प्रमोद अधिकारीले महोत्सवलाई मेला र मनोरञ्जनमा मात्र सिमित नराखी आर्थिक, सांस्कृतिक, पर्यटन क्षेत्रमा उपलब्ध हालिस गर्न सक्ने बनाउन सुझाव दिनुभयो ।

महोत्सव उद्घाटन समारोहमा राष्ट्रिय स्तरमा पहिचान बनाएका म्याग्दीका कलाकार हेमन्त कान्छा रसाइली, शोभा कार्की, नेशन पुन र प्रकाश दुतराजलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य सघका महासचिव अमित बानियाले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...