म्याग्दी महोत्सव आजदेखि

Add Samajik bikash office

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु हुदैछ् ।

माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सव उद्घाटनको तयारी अवस्थामा पुगेको बताउनुभयो ।

“प्रचारप्सार, अतिथिलाई निमन्त्रण, महोत्सव स्थलको पूर्वाधार निर्माण र सजावट लगायत सवै तयारी पुरा भएको छ,” उहाँले भन्नुभयो “उद्घाटन अघि बेनी बजारमा आयोजना गरिएको झाँकी सहितको ¥यालीमा सहभागिताका लागि सबैमा अनुरोध गरेका छौ ।”

Shreekrishna hardwear in news

महोत्सव सफल बनाउन गठीत ३९ वटा उपसमिति मार्फत तयारीलाई भव्य र व्यवस्थित बनाउने तयारी गरिएको छ । खुल्ला मञ्चबाट शुरु भएको ¥याली बजारको विभिन्न भाग परिक्रमा पछि सोही ठाउँमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ् । ¥यालीमा म्याग्दीमा बसोबास गर्ने जातजाती, समुदाय र संघ संस्थाको झाँकी प्रर्दशनी गरिने भएको छ । महोत्सवको अवसर पारेर बेनीमा २० वर्षपछि हनुमान नाच देखाउने तयारी भएको नेपाल भाषा मंका खलले जनाएको छ ।

Bhautik ministry notice about road

बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झुण्डाइ, ध्वजा, पटकाले सजाएर झकीझकाउ पारिएको छ । टोल सुधार समितिहरुले बजार सजावट गरेका हुन् । सजावट, प्रवेशद्धार निर्माणका साथै बजारका सार्वजनिक स्थलहरु सरसफाई गरेका छन् ।

महोत्सव स्थल खुल्ला मञ्चमा २६० वटा स्टल निर्माण भएको छ । स्टल बुक गरेका व्यवसायीहरु आइसकेका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुटको सुविधा दिइएको छ । कृषि ज्ञान केन्द्रले कृषि मेला प्रर्दशनीको आयोजना गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले महोत्सव उद्घाटन गर्ने तय भएको संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । तीनै तहका जनप्रतिनिधि, निजी क्षेत्र र सरकारी निकायका अधिकारीहरुलाई उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव अमित बानियाले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।
हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।
बेनीमा २०६०, ६२, ६५, ६८, ७१ र ७४ मा महोत्सव आयोजना गरिएको छ । यसका अलबा संघ अन्तरगत नै रहेको महिला उद्यम विकास समितिको आयोजनामा सडक खाना महोत्सव तथा माघे संक्रान्ति मेलाहरु आयोजना हुँदै आएका छन् । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै हरेक बर्ष माघ १ गते ‘माघे संक्रान्ति मेला’ लगाउने गरिन्थ्यो ।
तत्कालिन समयमा मनोरञ्जन र व्यापार व्यवसायका लागि आयोजना हुने यसै माघे संक्रान्ति मेलालाई संरक्षण र जगेर्ना गर्नका लागि २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्वमा मेला र महोत्सव आयोजना गर्न थालिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...