रघुगंगामा नमुना युवा संसद अभ्यास

Gandaki Pardesh notice

मौवाफाँट । युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षित गर्न रघुगंगा गाउँपालिकामा नमुना युवा संसद अभ्यास सञ्चालन गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले नमुना युवा संसद अभ्यास अन्तरगत नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको लागि रघुगंगालाई छनौट गरे बमोजिम गाउँपालिकाले मंगलवारदेखि तीनदिने कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाभित्र रहेका ८ वटा वडाबाट ४÷४ जना युवायुवतिहरुलाई सहभागीता गराएर नमुना युवा संसद अभ्यास गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा प्रशिक्षक युवाराज जोशी र युवराज खड्काले संसदमा हुने दैनिक गतिविधिको अभ्यास संगै गाउँसभा र त्यहाँबाट सम्पादन हुने कार्यहरुको बारेमा युवायुवतिहरुलाई व्यवहारिक र प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिनुहुने भएको छ ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले युवाहरुमा संसदीय अभ्यास, गाउँसभाको प्रकृया लगायतको बारेमा जानकारी हुन आबश्यक रहेको बताउँदै कार्यक्रमले वडा तहसम्म संसदीय अभ्यासको बारेमा जानकारी दिन सघाउ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल र प्रशिक्षक युवराज जोशीले कार्यक्रमले युवाहरुलाई गाउँ कार्यपालिकाको गठन, गाउँसभाको प्रकृया, योजना छनौट, बजेट निर्माण संगै प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको निर्वाचन प्रकृयाहरुको बारेमा व्यवहारिक ज्ञान दिनेमा जोड दिनुभयो ।
गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाको अध्यक्षता, लेखा अधिकृत खगराज सुवेदीको स्वागत र शिक्षा अधिकृत सुवेदीको सञ्चालनमा उद्घाटन् कार्यक्रम सम्पन्न भएको थियो । उक्त नमुना अभ्यासमा सहभागीहरु मध्येबाट गाउँपालिका स्तरीय युवा सञ्जाल समेत गठन गरिने भएको छ । यस अघि रघुगंगाको ८ वटै वडामा वडा स्तरीय युवा सञ्जाल गठन गरिसकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...