विदाको दिन, साँझ र बिहानमा पनि सेवा दिदै धवलागिरी गाउँपालिका

Gandaki Pardesh notice

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका कर्मचारीहरुले बुधबार सार्वजनिक विदाका दिनमा पनि सेवा दिएका छन् ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाले उपभोक्ता समितिलाई सहज र झञ्जट हटाउनका लागि वडामै पुगेर योजना सम्झौता गर्ने अभ्यास पनि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले सिमित जनशक्तिका बावजुद सेवाग्राहीलाई सहज र झञ्जट रहित तरिकाले सेवा उपलब्ध गराउन पहल गरेको बताउनुभयो ।

सरकारले बुधबार राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिएको थियो । तर प्रशासकीय अधिकृत रिजाल सहित मुना स्थित गाउँपालिकाका कर्मचारीहरुले दिनभर अन्य दिन जस्तै सेवाग्राहीका काम गरेका छन् । “सार्वजनिक विदाका दिन भएपनि आएका सेवाग्राहीलाई निराश बनाउनु हुदैन भनेर काम ग¥यौ,” उहाँले भन्नुभयो “गुर्जाको १, ताकमको २ र मुनाका तीन वटा उपभोक्ता समितिसँग योजना सम्झौत गरेका छौ ।“

Shreekrishna hardwear in news


गाउँपालिकाका कर्मचारीहरुको टोली मुदी स्थित ४ नम्बर वडा कार्यालयमा पुगेर मंगलबार सो वडाका १३ वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेको थियो । योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दिपेन्द्र थापा लगायतको टोली घुम्ति शिबिर लिएर मुदी पुगेको हो ।

Bhautik ministry notice about road

सोमबार दिउँसो अठारौ गाउँसभा सकिएपछि कर्मचारीहरुले साँझसम्म योजना सम्झौता, अन्तिम भुक्तानी र अन्य प्रशासनिक तथा लेखा सम्बन्धी काम गरेका थिए । यसअघि पुष ४ र ५ गते गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिसँग वडामै योजना सम्झौता गरिएको थियो ।

उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिने गरिएको छ । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जाने गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटाउन वडामै पुगेर योजना सम्झौता गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताउनुभयो । दरबन्दीको आधा भन्दा कम मात्र जनशक्ति रहेका छन् । ६० जनाको हाराहारीमा दरबन्दि भएकोमा करिब तीस जना मात्र छन् ।

प्रशासकीय अधिकृत बाहेक अन्य अधिकृत स्तरका स्थायी कर्मचारी छैनन् । केही कर्मचारी करारमा भर्ना गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सिमित जनशक्ति भएकाले उनिहरुलाई प्रोत्साहन गरि अधिकतम परिचालन गरेर सहज सेवा दिन पहल गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...