शुरु भएको छ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

Sinchai Khanipani notice

बेनी, म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शैया क्षमताको अस्पतालको भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण शुरु भएको थियो ।

तेस्रो पटक थपिएको म्याद सकिन चार महिना बाँकी रहँदा व्यवसायीले दुई वर्षदेखि सुस्ताएको भवन निर्माणको कामलाई अघि बढाएका छैनन् । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा भएको ढिलाईका कारण सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

“५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौ” उहाँले भन्नुभयोे “पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ । विशेषज्ञ चिकित्सक आएका छैनन् ।’’ स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधि, स्थानीय प्रशासन, आयोजनाका साथै विभाग र मन्त्रालयमा पुगेर अस्पताल व्यवस्थापन समितिका पदाधीकारीले दवाव दिएका छन् ।

Shreekrishna hardwear in news

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म रु. दश करोड ९२ लाख २७ हजार ६१४ भुक्तानी भएको आयोजनाले जनाएको छ ।

Bhautik ministry notice about road

बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन तला ढलान र पलास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, बिद्युत, पानी र फर्निचर जडान लगायतका काम बाँकी छन् ।

आयोजना प्रमुख सुनिता श्रेष्ठले समग्रमा ६० प्रतिशत र भवनको मात्र ७० प्रतिशत भौतिक प्रगति भएको यो योजनाको अन्तिम तथा तेस्रो पटक थप भएको म्याद २०८० जेठ २४ गते सकिने बताउनुभयो । “पटक–पटक मौखिक र लिखित रुपमा ताकेता गरिएको छ,” उहाँले भन्नुभयो “पर्याप्त जनशक्ति परिचालन र निर्माण सामग्री जुटाएर कामलाई तिब्रता नदिए ठेक्का तोड्ने चेतावनी दिएका छौ ।”

महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन र कोरोनाका कारण देखाएर तेस्रो पटकसम्म म्याद थप भएको हो । आयोजनाले पत्र पठाएको र म्याद थप गर्नुपर्ने समयमा केही मजदुर ल्याएर काम गराउने निर्माण व्यवसायी अन्य समयमा सम्पर्क विहिन हुने गरेका छन् ।

नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...