न्यू धौलागिरिको २३ औ साधारणसभा

Gandaki Pardesh notice

बेनी, । बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मुल नारा बनाएको सहकारीले पुष १९ गते देखि इकाईगत साधारणसभा शुरु भएको थियो । बेनीमा शनिबार सबै इकाईबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा साधारणसभा गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रमेश घर्तीले सहकारी संस्थाहरु सहकारीको नीतिनियम र सिद्धान्त अनुसार चल्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विश्व नै आर्थिक मन्दीमा फसिरहेको अवस्थामा सहकारीहरु पनि आर्थिक समस्यामा परिरहेको बताउँदै सहकारीको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna hardwear in news

सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले प्रगति, कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरु तर्फ ज्योती रिजाल, अस्मिता जिसी र सिर्जनादेवी शर्मा आचार्यलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको थिया ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्र उपसमिति संयोजक हेमन्त थापा, शेयर सदस्यद्वय सीता सापकोटा र सुजन बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य कृष्णकुमार शेरचनले स्वागत गर्नुभएको थियो ।

कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ लाख ३४ हजार चारसय रुपैयाँ शेयर पुँजी, निक्षेप बचततर्फ ६९ करोड ९७ लाख ५० हजार छ सय ६५ रुपैयाँ र कर्जा लगानी ७३ करोड ६० लाख छ हजार दुईसय २८ रुपैयाँ रहेको छ । जगेडा कोष दुई करोड ६९ लाख ३३ हजार ५७ रुपैयाँ रहेकोमा कुल आम्दानी १० करोड ८७ लाख ७७ हजार दुईसय एक र खर्च नौ करोड ५८ लाख ७७ हजार आठसय ४५ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

बेनीमा मुख्य कार्यालय रहेको सहकारीको तातोपानी, दरवाङ, बाबियाचौर, फलियागाउँ, पोखरेबगर र मल्लाजमा सेवा केन्द्र छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...