बेनी नगरपालिकाका उपभोक्ता समितिलाई अभिमुखीकरण

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले उपभोक्ता समितिका पदाधीकारीलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण थालेको छ ।

योजना कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी, दिगो, गुणस्तरीय र जनसहभागितामुलक बनाउन वडागत रुपमा उपभोक्ता समितिलाई अभिमुखीकरण गर्न थालिएको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उपभोक्ता समितिलाई जिम्मेवार, सक्रीय, योजना कार्यान्वयन प्रक्रीयालाई सहज तथा प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण गर्न थालिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी नगरपालिकाको वडा नम्बर ५ मा चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट बिनियोजन भएका योजनाका उपभोक्ता समितिहरुका पदाधीकारीहरुलाई आइतबार अभिमुखीकरण गरिएको थियो ।

पुलाचौर स्थित वडा कार्यालय परिसरमा भएको कार्यक्रममा वडा अध्यक्ष गोविन्द बानिया लगायत जनप्रतिनिधि, उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवको सहभागिता थियो । कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत ढकाल, योजना अधिकृत कृष्ण सुवेदी, इञ्जिनियर बिमलरञ्जन कार्की र लेखा अधिकृत गोकुल शर्माले सहजिकरण गर्नुभएको थियो ।

२९ गतेको नगरसभापछि बाँकी ९ वटा वडामा क्रमश उपभोक्ता समितिलाई अभिमुखीकरण गरिने नगरपालिकाले जनाएको छ । उपभोक्ता समिति अभिमुखीकरण कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु. दुई लाख बजेट बिनियोजन गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...