म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु

Add Samajik bikash office

बेनी । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको लागि स्टल निर्माण शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीय
कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९का लागि बेनीको खुल्ला मञ्चमा स्टल निर्माण शुरु भएको हो ।

स्टल निर्माणको जिम्मेवारी लिएको चाँगुनारायण पार्टी प्यालेस एण्ड टेण्ट हाउसले शुक्रबारदेखि महोत्सवको पूर्वाधार निर्माण थालेको हो । पुष २६ गतेसम्म २६० वटा जस्तापाटाले छाएको स्टल तयार पारिसक्ने टेन्ट हाउसका सञ्चालक नविन केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अधिकांश स्टल बुक भएका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुट दिइने भएको छ । महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता पनि आयोजना गरिएको छ ।
स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सवको पुष २८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्ने तय भएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।


स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
‘हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो ‘कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’ दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...