म्याग्दी क्याम्पसमा कृष्ण पौडेलद्धारा लिखित पुस्तकको समिक्षा

Gandaki Pardesh notice

बेनी, । अध्येता कृष्ण पौडेलले लेख्नुभएको ‘विश्व आर्थिक क्रान्ति ः समेरु पर्वत देखि सिलिकन भ्याली’ पुस्तकको विषयमा म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार छलफल र चर्चा भएको छ ।
बुकहिलले प्रकाशन गरेको पुस्तकमा ‘मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजिव चित्र उतारिएको छ । पुस्तकमा ढुंगे युगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथा रहेको बताइएको छ ।
लेखक पौडेलले पुस्तकमा मूलतः सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक–सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचिनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू समेटिएको बताउनुभयो ।
डेनमार्कमा बस्दै आएका क्याम्पस सञ्चालक समितिका पुर्व सदस्य पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट ‘इकोनोमिक हिस्ट्री’मा स्नातकोत्तर गर्नुभएको छ । पव्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षता, सचिव देवराज शर्माको सञ्चालन र क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्याम्प सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्याम्प प्रमुख गोरखबहादुर जिसी, प्राध्यापक तारानाथ शर्मा, श्रीधर सुवेदी, पशुपतिनाथ ढकाल, राजु केसी, रेखा कौशल रेग्मी, कर्ण खत्री, गोरखनाथ सुवेदी, घनश्याम खड्का लगायतले पुस्तकको चर्चा गर्नुभएको थियो । क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...