जन्मदिनको अवसरमा आफुले पढेको विद्यालयलाई सहयोग

Gandaki Pardesh notice

बेनी, । बेनीका एक जना व्यवसायीले जन्मदिनको अवसर पारेर आफूले अध्ययन गरेको विद्यालयमा कोष स्थापना गर्न आर्थिक सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका–९ आल्बाङ घर भई हाल बेनीको न्युरोडमा डि एण्ड जी फेन्सी पसल सञ्चालन गर्नुभएका दामोदर शर्माले तोरीपानीको गलेश्वर माविमा रु. ११ हजार १११ सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

शर्माले बिहिबार विद्यालय सहयोगीलाई एक सेट पोशाक, खेलकुद र शिक्षक पोशाक १ सेट पनि हस्तान्तरण गर्नुभएको प्रअ गणेश बानियाले जानकारी दिनुभयो । “विद्यार्थी पढाऔ सहयोग” अभियान स्थापनाका लागि शर्माले सहायक प्रअ तेजबहादुर राईलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

सो कोषमा रकम बृद्धि गरि गरिव, विपन्न विद्यार्थीको पढाईमा सहयोग गर्ने विद्यालयले जनाएको छ । अन्य दाता र सहयोगीहरुका लागि सहयोगको लागि प्रेरणा मिलोस भनेर विद्यालयलाई सहयोग गरेर जन्मदिन मनाएको शर्माले बताउनुभयो ।

शर्माले गत वर्षको जन्मदिनको अवसरमा गलेश्वर माबी तोरीपानीमा १६ जनालाई स्विटर र राष्ट्रिय माबी नेप्टेचौरमा १० जनालाई स्विटर र पोशाक बितरण गर्नुभएको थियो । फजुल खर्च न्युनीकरण गरेर शर्माले बिगत छ बर्षदेखि सामाजिक काम गरेर जन्मदिन मनाउने गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...