पिप्लेमा बिल्डिङ इलेक्ट्रिसीयन तालिम

Gandaki Pardesh notice

पिप्ले, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका युवाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरिएको छ ।

आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले पिप्लेमा बिल्डिङ इलेक्ट्रिसीयन तालिम सञ्चालन गरेको हो । तीन महिने (३९०) घण्टाको तालिममा पिप्लेका १० जना सहभागी भएका रघुगंगा हाइड्रोपावरका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिनुभयो ।

“रघुगंगा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका युवाहरुलाई स्वरोजगारमुलक तालिम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “बास बस्नुपर्ने दग्नाम र झिँका सहभागिका लागि खानेवस्ने व्यवस्था मिलाउन गाउँपालिकासँग छलफल गरेका छौ ।” २० जनाको कोटा हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिममा घरमा वायरिङ र मर्मत गर्ने प्राविधिक, सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप प्रदान गरिने भएको छ । यो विल्डीङ वायरिङ सम्बन्धी पहिलो चरणको तालिम हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटी) को बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिम सञ्चालनका लागि बालाजु स्कुलले दुई जना जनशक्ति परिचालन गरेको छ । स्थानीय स्तरमा घर, भवन वायरिङ गर्न सक्ने जनशक्ति उत्पादन गरि स्वरोजगार तथा विदेश जानु परेपनि उचित पारिश्रमिक पाउने सम्भावना भएको तालिम सञ्चालन गरिएको आयोजनाका प्रशासकीय अधिकृत गिरीले बताउनुभयो । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिपमुलक तालिम आयोजना गरिएको हो ।

विल्डीङ वायरीङको सिपले स्वरोजगार बन्नुका साथै जलविद्युत आयोजना, विद्युतीकरणका काममा पनि रोजगारी पाउने सम्भावना हुनेछ । वि.स. २०७३ मा स्थापना भएको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले रघुगंगा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण गरिरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...