महजोडी बेनीमा

Add Samajik bikash office

बेनी, । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बिहिबार बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो ।

Bhautik ministry notice about road

नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत म्याग्दीमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा उक्त कार्यक्रम तय गरिएको शाखा प्रमुख भावना पौडेलले जानकारी दिनुभयो । कलाकारद्धय श्रेष्ठ र आचार्य सिटिजन लाईफ इन्स्योरेन्सका ब्राण्ड एम्वेस्डर समेत हुनुहुन्छ ।

विहिवार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा हुने उक्त कार्यक्रमको सुरुवातमा बेनीमा प्रभातफेरी समेत गरिने जनाइएको छ । उक्त कार्यक्रममा कलाकारद्धय श्रेष्ठ र आचार्यले जिवन विमा, निर्जिवन विमा र स्वास्थ्य विमा सम्बन्धी सचेतना मुलक प्रस्तुती राख्नुहुने जनाईएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...