होटल व्यवसायी महासंघमा म्याग्दीका आचार्य र बरुवाल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट म्याग्दीका सागर बरुवाल केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । दुवै जना सर्वसम्मत चयन हुनुभएको हो ।

याक होटलका सञ्चालक आचार्य होटल व्यवसायी संघ म्याग्दीको अध्यक्ष र शिखर होटलका सञ्चालक बरुवाल जिल्ला सचिव हुनुहुन्छ । केन्द्रिय सचिवमा निर्वाचित आचार्यले म्याग्दीका होटल व्यवसायीहरुको समस्या समाधान र हक हितका लागि केन्द्रिय तहसम्म आवाज उठाउने बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...