अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा बाड्यो

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडो याममा चिसोको जोखिममा रहेका विपन्न र अपाङ्ग १२० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले ८ वटै वडाका १५÷१५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो ।
“आफै व्यवस्था गर्न नसक्ने ७५ वर्षमाथिका विपन्न र अशक्त जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेका हौ,” उहाँले भन्नुभयो “आयस्रोत नभएका, विपन्न र अशक्त जेष्ठ नागरिक पहिचान गरेर न्यानो कपडा उपलब्ध गराइएको छ ।”

Bhautik ministry notice about road


७ वटा वडाका जनप्रतिनिधिहरुको रोहबरमा कपडा वितरण गरिएको छ । वडा नम्बर ५ को कार्यालयमा बुधबार पु¥याइएको कपडा वितरण गर्न बाँकी छ । सिरक, सिरानी र कम्बल उपलब्ध गराइएको कपडा वितरणमा खटिएकी कर्मचारी राजकुमारी गर्बुजाले बताउनुभयो ।
उपाध्यक्ष पुनले जेष्ठ नागरिकहरुप्रति सम्मानका साथै अरुलाई पनि उनिहरुलाई सहयोग गर्ने सन्देश प्रवाह गराउन कार्यक्रमले सहयोग पुग्ने विश्वास गर्नुभयो । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार महिला तथा बालबालिका शाखाले न्यानो कपडा खरिद गरेर जेष्ठ नागरिकलाई बितरण गरेको हो ।

Shreekrishna hardwear in news


चिसो बढेसँगै म्याग्दीको जनजिवन कष्टकर भएको छ । गत असोज तेस्रो सातादेखि पानी नपरेपनि चिसो असाध्यै बढेको छ । चिसोका कारण प्रभावित भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडाले राहत मिल्ने बताइएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबार एक सार्वजनिक सूचना जारी गरेर हिमपात तथा चिसोबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले म्याग्दीका विभिन्न ठाउँमा हिउँ पर्ने र अत्याधिक चिसो बढेर जिवनयापनमा कठिनाई हुदै गइरहेको अवस्थामा सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...