रघुगंगामा सिपमुलक तालिम

Add Samajik bikash office

मौवाफाँट, । रघुगंगा गाउँपालिकाले पालिका भित्र विभिन्न सिपमुलक तालिम संचालन गरेको छ ।

तिप्ल्याङ्गमा ४५ दिने कुकिङ्ग, रानीपौवामा १५ दिने खेलौना, कुसन र चुरा बनाउने, मुक्तिधाम माविमा पालिकाका आधारभूत विद्यालयका शिक्षकका लागी १० दिने शिक्षक तालिम, ३ महिने सिलाइ कटाई, ब्युटिसियन तालिम संचालन संचालन भैरहेका छन् ।

स्वरोजगार बनाउने र क्षमता अभिबृद्दीगर्ने उद्देश्यले संचालित तालिम मध्ये ४५ दिने कुकिङ तालिममा ३९ जना सहभागी रहेका छन् । त्यसैगरी चार वटा बिषयलाइ लाक्षित गरी संचालन गरिएको १० दिने आधारभूत विद्यालयका शिक्षक तालिममा १६ वटा सामुदायिक विद्यालयका ३८ जना गणित र बिज्ञान विषयका शिक्षक सहभागी रहेका छन् ।

Shreekrishna hardwear in news

सयजना शिक्षकलाई लक्षित गरेर संचालन गरिएको तालिमामा अहिले संचालन भैरहेको तालिम सम्पन्न भैसकेपछि अर्को चरणमा फेरी संचालन हुने बताइएको छ । शिक्षक तालिम रघुगंगा गाउँपालिकाको समन्वय र लर्न नेपालको आयोजना, रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपालको आर्थिक सहयोगमा संचालन भएको लर्न नेपालका बिज्ञ तोया अमगाइले बताउनुभयो ।

Bhautik ministry notice about road

त्यसैगरी पालिकाले मंगलबार ब्यबसायिक ब्युटी पार्लर सम्बन्धि स्तरोन्नती तालिम शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले सिप सिकाउन र व्यवसायिकता बिकास गर्न आबस्यक पर्ने प्रबिधि लगायतका सामग्री पालिकाले सहयोग गर्ने बताउदै तालिम पश्चात ब्यबसायिक बन्न उत्प्रेरित गर्नुभयो ।

कार्यक्रममा उद्यमशील संघ म्याग्दीका अध्यक्ष अमृत देवी बानियाले हामीले सिप नसिक्दा हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समेत फरक हुनेहुदा यस्ता तालिमले आत्मनिर्भर संगै आत्मस्वभिमानको बिकास गराउने बताउनु भयो । साथै उहाँले लाखौँ खर्चेर अन्यत्र गएर तालिम लिनुपर्ने अबस्थामा यसरी पालिकाले घर दैलोमा उपलब्ध गराएको सिपमुलक तालिमलाई पूर्णरुपमा उपयोगगर्न समेत अनुरोध गर्नुभयो । रघुगंगा गाउँपालिकामा संचालन भैरहेका लघु उद्यमसंग सम्बन्धित सम्पूर्ण सिपमुलक तालिमको सहजीकरण धर्म चपाइले गर्नुभएको छ ।

कार्यक्रम रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, मुख्य प्रशिक्षक गंगा थापा कार्की लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम रघुगंगा गाउँपालिका वडा नं ३ का अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षता, लेखा अधिकृत खगराज सुबेदीको स्वागत र पालिकाका सुचाना अधिकारी कृष्णप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...