पार्किङ गरेर राखेको गाडी चोरी

Add Samajik bikash office

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा पार्किङ गरेर राखेको गाडी चोरी भएको छ ।
पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप अझै भेटिएको छैन् । जिपका चालक पूर्ण कार्कीले पार्किङ गरेर, चाबी लगाएर बन्द गरी राखेको जिप बिहान उठ्दा नभेटिएपछि प्रहरीमा खबर गर्नुभएको थियो ।
खोज्ने क्रममा डिमुवा प्रहरी चौकीको सिसिटिभी फुटेजमा हराएको गाडी कास्कीतर्फ लगिएको भेटिएको छ । धेरै ठाउँमा खोजी गरिएपनि मंगलबार साँझ गाडी नभेटिएको कार्कीले बताउनुभयो ।
म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको नाममा रहेको सो गाडी कार्कीले चलाउदै आउनुभएको थियो । गाडीको ढोका, इन्जिन र टंकीको लक मिलाएर चोरी गरेको हुँदा गिरोहको संलग्नता भएको शंका गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...