वडा अध्यक्षले जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी बाडे

Add Samajik bikash office

बेनी । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ ।
जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा अरु मार्फत जेष्ठ नागरिकहरुलाई एक÷एक थान लठ्ठी वितरण गर्नुभएको हो ।
जेष्ठ नागरिकलाई हिडडुल गर्न सहज होस भनेर लठ्ठी वितरण गरेको केसीले बताउनुभयो । उहाँले रचनात्मक काम गरेर जन्मदिन मनाउदै आउनुभएको छ । २०७४ मा राष्ट्रिय माविमा गरिव तथा जेहेन्दार छात्रवृत्ति स्थापना, २०७५ मा बेनीको बालगृहका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, २०७६ मा मजदुरसँग सहभोग गरी समानताको सन्देश दिनुभएको थियो ।
२०७७ मा गलेश्वर आश्रमका जेष्ठ नागरिकहरुलाई भोजन र २०७८ मा घतान स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...