नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविलाई

Shreekrishna hardware

बेनी, । बेनी नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश मावि विजयी भएको छ ।

१५ स्वर्ण, ५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले नगद रु. ५१ पुरस्कार सहित रनिङ्ग शिल्ड, ट्रफि र खेलाडीहरुले मेडल प्राप्त गरे । १० स्वर्ण, १० रजत र ९ कास्य पदक जितेको माउन्ट एभरेष्ट आवासीय मावि दृतीय भयो । माउन्टले यसअघि एक पटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको थियो ।

यसअघि दुई पटक रनिङ्ग शिल्ड जितेको न्यु वेष्ट पोइन्ट आवासीय मावि ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक सहित तेस्रो स्थानमा खुम्चियो । दोस्रो र तेस्रो हुने विद्यालयले नगद रु. ४० हजार र ३० हजार सहित ट्रफीको साथै विद्यार्थीहरुले मेडल र प्रमाणपत्र पाए ।

Shreekrishna

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष उत्तम कर्माचार्य, रमेशकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक तिलक भारती, प्रकाश थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Ban devision notice

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २९७ पदकका लागि २५ वटा विद्यालयका करिब नौ सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आटर््स बिधाका ४८ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । विधागत खेलमा उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स र कवड्डी खेल सञ्चालन गरिएको छ । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने अवसर पाउने नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

नगर प्रमुख केसीले सहभागि २५ मध्य १९ वटा विद्यालयले पदक जितेर खेललाई शिक्षासँग जोड्ने नगरपालिकाको प्रयास सफल भएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य गर्बुजाले खेलाडीहरुलाई बधाई दिनुभएको थियो । समापन कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति जयराम सुवेदीले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...