कालीगण्डकीमा व्यवसायिक जलयात्रा शुरु

Add Samajik bikash office

बेनी। म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा शुरु भएको छ ।
बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलो पटक व्यवसायिक जलयात्रा शुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले ¥याफटिङ र कायाकिङ शुरु गरेको बताउनुभयो ।
“म्याग्दीका पर्यटकीय स्थल र मुस्ताङ भ्रमणमा आउने जाने पर्यटकको बेनीमा बसाई लम्बाउन जलयात्राले सहयोग गर्नेछ,” उहाँले भन्नुभयो “छोटो र लामो दुरीको जलयात्राको प्याकेज बनाएका छौ ।”
पर्वतको नयाँपुलदेखि मिर्मीसम्म जलयात्रा सञ्चालन गर्दै आएको स्पलाइस नेपाल एडभाञ्चर टे«कीङले म्याग्दीमा सेवा दिन थालेको हो । गलेश्वर देखि बेनीको दोभान, पर्वतको नयाँपुल र मिर्मीसम्मको प्याकेज बनाइएको छ ।
गलेश्वर–बेनी तीन किलोमिटर दुरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु. एक हजार २०० शूल्य तोकिएको ¥याफटिङ गाइड होम पुनले बताउनुभयो । सो शूल्क खाजा सहितको हो । एक पटकमा आठ जनाले ¥याफटिङ गर्न सक्नेछन् ।
कालीगण्डकीको छालसँगै बगेर नदी किनारको दृष्य अवलोकन गर्न पाउनु जलयात्राको आकर्षण हो । नदीमा बग्दै वरपरका वस्ती, झरना, पहाड र खोचको दृष्य अवलोकन गर्न सकिन्छ । यसअघि म्याग्दीमा नियमित जलयात्रा सञ्चालन भएको थिएन् ।
मेला महोत्सवको समयमा पोखराका व्यवसायी आएर जलयात्रा गराउदै आएका थिए । विगत १२ वर्षदेखि ¥याफटिङ व्यवसाय सञ्चालन गर्दै आएका पुनले म्याग्दी, पर्वत र बागलुङको सिमाना भएर बग्ने गलेश्वर–बेनी–नयाँपुल खण्डमा प्राबिधिक अध्ययन गरेर जलयात्रा शुरु गरेको बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जलयात्राले बेनीमा पर्यटकको बसाई लम्बाउन र यहाँको ब्यापार व्यवसाय बढाउन सहयोग पुग्ने बताउनुभयो । “खस्किएको बेनीको ब्यापार र पर्यटनलाई उकास्न जलयात्राले सहयोग गर्ने अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो “बेनीमा पर्यटकको बसाई लम्बाउन ऐतिहाँसिक, धार्मिक र पर्यटकीय गन्तब्य पहिचान गरि प्रचारप्रसारमा जुटेका छौ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...