रघुगंगामा महिला उद्यमशिल संघ

Add Samajik bikash office

मौवाफाँट। रघुगंगा गाउँपालिकामा अमृता मल्ल शाहीको अध्यक्षतामा महिला उद्यमशिल संघ नेपाल गठन भएको छ ।
मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा भएको महिला उद्यमीहरुको भेलाबाट संघको उपाध्यक्षमा नविना कार्की, सचिवमा अनु सुनार, सहसचिवमा दुर्गा गर्बुजा चयन हुनु भएको छ । सदस्यहरुमा गीता फगामी, हरिकला शर्मा, गङ्गा सुबेदी, जुना कार्की, फमायाँ गर्बुजा, र मिना छन्त्याल चयन हुनुभएको छ । कोषाध्यक्ष पछि चयन गरिने भएको छ ।
सोही भेलाको अवसरमा रघुगंगा गाउँपालिकाको आयोजनामा उद्यमीहरुको अवस्था, समस्या र सम्भावनाको विषयमा छलफल भएको छ । रघुगंगा ४ का वडा अध्यक्ष पविन गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम भण्डारी, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, महिला उद्यमशिल संघ नेपाल म्याग्दीका अध्यक्ष अमृतादेवी बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...