म्याग्दी क्याम्पसमा शिक्षा संकायको डिग्रीमा दुई विषय थपिए

Gandaki Pardesh notice

बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा दुई वटा विषयको पठनपाठन शुरु गर्ने तयारी भएको छ ।

क्याम्पसले चालु शैक्षिक वर्षदेखि शिक्षा संकायमा सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको एमएड कार्यक्रममा अंग्रेजी र इपिएम (इजुकेशन पलानिंग एण्ड म्यानेजमेन्ट) विषयको पठनपाठन शुरु गर्न त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन स्विकृत पाएको छ ।

समुदायस्तरबाट सञ्चालित बिश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको सोमबार भएको ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभामा क्याम्पस प्रमुख गोरख जिसीले नयाँ शैक्षिक कार्यक्रमका लागि भर्ना खुलेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

क्याम्पसले गत वर्षदेखि स्नातक तहमा कम्प्युटर बिज्ञान बिषयको पठनपाठन सञ्चालन गरेको थियो । म्याग्दी क्याम्पसमा धेरै विषयको पढाई हुन थालेपछि छिमेकी पर्वत, बागलुङ र मुस्ताङका जिल्लाका विद्यार्थीलाई राहत मिलेको छ ।

शैक्षिक जनशक्ति उत्पादन गर्न, भएका जनशक्तिको शैक्षिक योग्यता बढाउन र ति बिषय अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बिद्यार्थीको बाध्यता हटाउन सहयोग पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले बताउनुभयो ।

Bhautik ministry notice about road

स्नाकोत्तर तहमा ब्यवस्थापन संकायको पठनपाठन सञ्चालन गर्दै आएको म्याग्दी क्याम्पसले बिबिएको कार्यक्रम भित्र्याउन त्रिविमा प्रस्ताव गरेको छ । कक्षा ११ देखि शिक्षा, मानबिकी र ब्यवस्थापन संकायको पठनपाठन हुने म्याग्दी क्याम्पसले तीन बर्षअघि क्युएए प्रमाणपत्र पाएको थियो । क्युएए प्रमाणपत्र पाएपछि क्याम्पसका बिद्यार्थीको उतिर्णदर र संख्या बढेको क्याम्पस प्रमुख जिसीले बताउनुभयो ।

एक हजार दुई सय जना विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उतिर्ण प्रतिशत ३७.०५ प्रतिशत छ । क्याम्पस सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा म्याग्दी बहुमुखीले क्याम्पसले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले क्याम्पसलाई थप ब्यवस्थित पुर्वाधारयुक्त बनाउनका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमा संविधानसभा सदस्यद्वय गोविन्द्र पौडेल, रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पसका पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदी लगायतले क्युएए मान्यता प्राप्त यस क्याम्पसको भौतिक पुर्वाधारमा सुविधा सम्पन्न बनाउदै शैक्षिक गुणस्तरमा थप सुधारमार्फत नमुना क्याम्पसको रुपमा विकास गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहनेमा जोड दिनुभएको छ ।

सोही कार्यक्रममा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष, पुर्व विद्यार्थी, संचालन समिति लगायतको उपस्थित रहेको थियो । क्याम्पसले बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभामा निर्वाचित गवुर्जालाई सम्मान गरेको थियो ।

क्याम्पस संचालन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालन समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठको स्वागत, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको संचानलमा भएको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताहमा विजेता खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...