पश्चिम नेपाल सहकारीले सदस्यलाई ४७ लाख संरक्षित पुँजी फिर्ता

Gandaki Kotihome

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई बोनसका अतिरिक्त रु. ४७ लाख भन्दा बढी संरक्षित पुजी फिर्ता कोषको रकम वितरण गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट बोनसको अतिरिक्त कारोबार गर्ने सेयर सदस्यहरुलाई संरक्षित पुजी फिर्ता कोषको रु. ४७ लाख ३८ हजार ३८८.७५ वितरण गरेको सहकारीले जनाएको छ ।
गत आर्थिक वर्षमा ऋण र बचत गरेका पाँच हजार २२० जना सेयर सदस्यहरुलाई साधारणसभाको निर्णय अनुसार संरक्षित पुजि फिर्ता कोषको रकम वितरण गरिएको संस्थाका प्रबन्धक प्रेम कडेल (सदन)ले जानकारी दिनुभयो ।
“संरक्षित पुजि फिर्ता कोषमा रहेको रकम गत आर्थिक वर्षमा ऋण लिनेलाई ६० र बचत गर्नेलाई ४० प्रतिशतको अनुपातमा वितरण गरिएको छ,” उहाँले भन्नुभयो “सहकारीमा कारोबार गर्ने सदस्यहरुलाई ११ प्रतिशत बोनसको अतिरिक्त संरक्षित पुजि फिर्ता कोषबाट रकम बाडफाँड गरिएको हो ।”
कारोबारको आधारमा वितरण गरिएको हो । दरवाङ सेवा केन्द्रबाट रु. १९ लाख ५३ हजार १५.६५, बेनी सेवा केन्द्रबाट रु. ११ लाख ३४ हजार ७७६.७७, तातोपानी सेवा केन्द्रबाट रु. दुई लाख ९४ हजार ९६५, ताकम सेवा केन्द्रबाट रु. दुई लाख २१ हजार ३३.६९ वितरण भएको छ ।
बाबियाचौर सेवा केन्द्रबाट रु. चार लाख ५१ हजार ४६.६६, पोखरेबगर सेवा केन्द्रबाट रु. दुई लाख १२ हजार ५८६.३६, भगवती सेवा केन्द्रबाट रु. ९९ हजार ३१४.११, नवकालगण्डकी सेवा केन्द्र पर्वत बेनीबाट रु. तीन लाख ७१ हजार ६४९.९६ वितरण गरिएको छ ।
वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक÷एक सय सेयरबाट शुरु गरेको सहकारीमा हाल पाँच हजार ३१० जना सदस्यको रु. १२ करोड ८६ लाख ७२ हजार ७०० सेयर रकम पुगेको छ ।

दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ ।

Annapurna aarohan ko notice

धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सेवा केन्द्र छन् । गत आर्थिक वर्षमा रु. ६९ करोड ४० लाख ४५ हजार ७३० निक्षेप र रु. ८० करोड ५७ लाख ७५ हजार २० ऋण लगानी गरेको सहकारीले रु. दुई करोड ५२ लाख ७१ हजार ४०६ आम्दानी गरेको थियो ।

Upper Myagdi transmition line notice

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...