नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता

Gandaki Pardesh notice

बेनी। बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ ।

प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा स्वर्ण, दुई वटा रजत र ६ वटा कास्य पदक सहित अग्रता लिएको हो ।

यसैगरी माउन्ट एभरेष्ट आवासीय माविले ५ स्वर्ण, ८ रजत र ५ कास्य, न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ स्वर्ण, १० रजत र ७ कास्य पदक जितेको छ । बेनी सामुदायिक माविले ३ स्वर्ण, १ रजत र १० वटा कास्य, लिटिल गार्डेन एकेडेमीले एक÷एक वटा स्वर्ण, रजत र कास्य पदक जितेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वुद्ध एकेडेमीले २ स्वर्ण, गलेश्वर आदर्श आवासीय विद्यालयले एक स्वर्ण, बालमन्दिर आधारभूत कालिपुले एक रजत र पाँच कास्य, अर्जुन माविले दुई कास्य, जामुनाखर्क माविले दुई स्वर्ण र म्याग्दी एकेडेमीले एक स्वर्ण पदक जितेका छन् ।

बेनी बोर्डिङ्ग, राष्ट्रिय मावि, दिपक मावि र गलेश्वर माविले एक÷एक वटा कास्य पदक जितेका छन् । शनिबारदेखि मार्सल आर्ट तर्फको खेल शुरु भएको प्रतियोगिताको आइतबार उद्घाटन गरिएको थियो । २९७ पदकका लागि २५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

मंगलबार सकिने प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा खेलमा प्रतिस्पर्धा हुदैछ् । खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स र कवड्डी खेल सञ्चालन गरिएको छ ।

प्रतियोगिता अन्तरगत पुरुष भलिबलमा प्रकाश मावि र अर्जुन मावि भकुण्डे तथा महिलातर्फ प्रकाश मावि र बेनी सामुदायिक फाइनलमा पुगेका छन् । मंगलबार दिउँसो ११ बजे खुल्ला मञ्चमा फाइनल खेल सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई रु. एकाउन्न हजार, चालिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराइने नगरप्रमुख सुरत केसीले बताउनुभयो । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने अवसर पाउने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...