सन २०२२ मा मुस्ताङमा ६६ हजार पर्यटकले भ्रमण गरे

khali

जोमसोम, । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार जना पर्यटकले भ्रमण गरेका छन् ।

सन २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ । एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले सन २०२१ को तुलनामा ६४ हजार जना भन्दा बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो ।

“कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनात्मक गतिबिधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको हो,” उहाँले भन्नुभयो “पछिल्लो पाँच वर्षयताकै धेरै पर्यटक यसपाली आएका छन् ।” ४८ देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् ।

Shreekrishna hardwear in news
khali

कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ । सन् २०२१ मा दुई हजार ३०० जना भित्रिएकामा ६०२ जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२० मा दुर्ई हजार ३४७ पर्यटक मुस्ताङ आएका थिए ।

२०२२ मा मुस्ताङ भ्रमणमा आएका मध्य ४६ हजार ७२४ जना सार्क राष्ट्रका छन् । १९ हजार २०६ जना तेस्रो मुलुकका हुन् । १३ हजार ६२५ जना पर्यटक मनाङ हुदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् । यसैगरी तीन हजार २१२ जना पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् ।
कागबेनी देखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु. तीन हजार शूल्क तोकिएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल ब्यवसायी र मजदुरहरुलाई राहत मिलेको लोमान्थाङका होमस्टे सञ्चालक टासी गुरुङले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...