बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु, पाँच स्वर्ण सहित माउन्टको अग्रता

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा २५ वटा विद्यालयका १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु २९७ वटा पदकका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको बेनीको खुल्ला मञ्च खेलमैदानमा उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले खेल प्रशिक्षण र पूर्वाधारमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका दुई वटा सहित २६ वटा खेलको फाइनल भएको छ । माउन्ट एभरेष्ट आवासीय माविले ५ वटा स्वर्ण, ५ वटा कास्य र ३ वटा कास्य पदक जित्दै अग्रता लिएको छ ।

Shreekrishna hardwear in news

न्यु वेष्ट पोइन्ट आवासीय माविले ३ स्वर्ण, ७ रजत र ६ वटा कास्य पदक जितेको छ । जामुनाखर्क माविले उसुको ३ वटा खेलमा स्वर्ण पदक जितेको छ । प्रकाश माविले ३ स्वर्ण, २ रजत र ३ वटा कास्य, वेनी सामुदायिकले २ स्वर्ण र १ रजत, वुद्ध एकेडेमीले २ स्वर्ण, लिटिल गार्डेन एकेडेमीले १ स्वर्ण, १ कास्य र १ रजत, गलेश्वर माविले १ वटा रजत र बालमन्दिर आधारभूत विद्यालयले ७ वटा कास्य पदक जितेका आयोजकले जनाएका छन् ।

Bhautik ministry notice about road

छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा खेलमा प्रतिस्पर्धा हुदैछ् । खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स र कवड्डी खेल सञ्चालन गरिनेछ् ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई रु. एकाउन्न हजार, चालिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराइने नगरप्रमुख सुरत केसीले बताउनुभयो । पदक जित्ने विद्यालयलाई शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई पनि आर्थिक सहयोग गरिने नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।

नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने अवसर पाउने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगर कार्यपालिका सदस्य तथा प्रतियोगिता संयोजक कृष्णकुमार विश्वकर्मा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन अघि बेनी बजारमा झाँकी सहितको ¥याली गरिएको थियो । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...