म्याग्दी महोत्सवमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Gandaki Pardesh notice

बेनी, । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यसैगरी लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता पनि आयोजना गरिएको छ ।

महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लोक दोहोरी गित प्रतियोगितामा प्रथम र दृतीय हुनेलाई क्रमश रु. एक लाख ११ हजार १११ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । एक समूहमा २÷२ जना केटाकेटी सहभागी हुने लोकदोहोरीमा पहिलो चरण पार गर्नेले दैनिक रु. दुई हजार भत्ता पनि पाउनेछन् ।

Bhautik ministry notice about road

गण्डकी प्रदेशका नगर÷गाउँपालिका स्तरीय पुरुष भबिलबमा प्रथम र दृतीय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित रु. ८८ हजार ८८८ र ५५ हजार ५५५ पुरस्कार प्रदान गरिनेछ । महिला भलिबलमा प्रथम र दृतीय हुनेले मेडल, ट्रफी र प्रमाणपत्र सहित रु. ५५ हजार ५५५ र ३३ हजार ३३३ पुरस्कार पाउनेछन् ।

Shreekrishna hardwear in news

चेम्बर लोकतारा गायन प्रतियोगितामा प्रथमलाई रु. २५ हजार र दृतीयलाई रु. १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । रत्यौली प्रतियोगितामा बिजयी हुनेले रु. १५ हजार र लठो तान्नेमा बिजयी हुनेले दश हजार पुरस्कार पाउने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । जातजातीको झाँकी, भेषभुषा र उत्कृष्ट बजार सजावटमा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । महोत्सवको तयारी तिब्रताका साथ भैरहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ । १०० दरको टिकट बिक्रीबाट हुने आम्दानी मध्य व्यवसायिक हितकोषमा १०, नेपाल पत्रकार महासंघ, योग साधना हल, बसपार्क तथा बजार सरसफाई र बाल संगठनका लागि १÷१ रुपैयाँ उपलब्ध गराउने संघले जनाएको छ ।
बेनीको खुल्ला मञ्चमा महोत्सवमा २५८ वटा व्यवसायिक स्टल रहनेछन् । अधिकांश स्टल बुक भएका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुट दिइने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।
‘हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो ‘कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’
महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...